मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

काभा भलिबल खेल्ने टोलीको बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३३:oo

माल्दिभ्समा हुने काभा पुरुष च्याम्पियन्स लिग खेल्न जाने नेपालको हेल्प नेपाल स्पोट्र्स क्लबलाई बिदाइ गरिएको छ । नेपाल भलिबल संघ (एनभिए)ले शनिबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाइ गर्‍योे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका हुन् । हेल्प नेपालले पोखरामा भएको एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।

च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजकस्तान, किर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ । च्याम्पियन्स लिग यही जुलाई १७ देखि २३ तारिखसम्म माल्दिभ्सको मालेमा हुनेछ ।

हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक, एपिएफबाट विनोदबहादुर चन्दलगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । दुई पाकिस्तानी खेलाडी पनि समावेश गरेको छ । टोलीका कप्तानीमा सुवास कुँवर छन् ।

यस्तै टोलीमा विष्णुबहादुर क्षेत्री, सफल विक, चिरञ्जीवी खड्का, विनोदबहादुर चन्द, यामबहादुर भण्डारी, मनीष मानन्धर, सन्तोष राई, रविन चन्द, रविन नगरकोटी, पाकिस्तानी खेलाडीहरू उस्मान, मोहम्मद आसिफ र नाभिद छन् । टोलीको प्रशिक्षकमा उत्सव खड्का रहेकी हुन् ।