
भिरबाट लडेर तिला गाउँपालिका-६ सुडी गाउँका ३५ वर्षीय जंगबहादुर रावतको मृत्यु भएको छ ।
उक्त वडाका वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार दाउरा काट्न जंगल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो । अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यकालका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।