मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २o:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी-२० विश्वकप छनोटबाट बाहिरियो स्कटल्यान्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २o:५o:oo

स्कटल्यान्ड सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । टी-२० विश्वकपको युरोप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा जर्सीसँग एक विकेटले पराजित हुँदै स्कटल्यान्ड छनोट चरणबाट बाहिरिएको हो ।

छनोटमा स्कटल्यान्डले एक खेलमा मात्रै जित निकाल्यो । आइसिसीको टी-२० वरीयतामा स्कटल्यान्ड १३औँ स्थानमा छ । स्कटल्यान्डलाई हराएको जर्सी २७औँ स्थानमा छ ।

युरोप छनोटको शीर्ष दुई रहने टोली विश्वकपमा छनोट हुनेछन् । एक खेल खेल्न बाँकी रहेको इटाली पाँच अंकसहित शीर्ष स्थानमा छ । सबै खेल खेलिसकेको जर्सी पाँच अंकसहित दोस्रो स्थानमा छ ।

एक खेल खेल्न बाँकी नेदरल्यान्ड्स चार अंकसहित तेस्रो स्थानमा छ । यी तीन टोलीमध्ये दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । एक टोली छनोट चरणबाट बाहिरिनेछ । इटाली र नेदरल्यान्ड्सबिचको अन्तिम खेलले टुंगो लाग्नेछ ।