मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २७ शुक्रबार
  • Thursday, 17 July, 2025
२o८२ असार २७ शुक्रबार १o:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, अटो लोन खुकुको बनाउँदा हुन्छ : थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २७ शुक्रबार १o:५९:oo

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति पर्याप्त छलफलपछि आउनपर्नेमा छापामार शैलीमा ल्याउन लागेको बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौद्रिक नीति दीर्घकालीन प्रभाव हेरेर ल्याउनुपर्ने बताएका हुन्। 

अर्धवार्षिक समीक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन टु भ्यालु रेसियोलाई पुरानै अवस्थामा पुर्‍याउन माग गरेका छन्। नेपालको ब्यालेन्स अफ पेमेन्ट पर्याप्त हुँदा अटो लोनको विषयमा खुल्ला गर्दा फरक नपर्ने बताए। 

‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरू भइरहेको समयमा साउन पहिलो हप्ता आउने गरेकोमा छिट्टै आउन लागेको देखिन्छ,’ थापा भन्छन्, ‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन्। नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन्।’

नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालको सहकार्यमा भएको कार्यक्रममा थापाले सरकारले सवारीसाधनमा बढी कर लगाउँदा मुद्रास्फीति नबढे पनि लागत नै बढी हुँदा छिमेकी मुलुकको तुलनामा महँगो रहेको बताए।  नेपालमा अटो एसेम्बल उद्योग, स्पेयर पार्टसका उद्योग स्थापना भइरहेको बताए।