१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format २१:३६:oo
Read Time : < 1 मिनेट
समाचार

सामुदायिक क्याम्पसमा पढ्ने विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३६:oo

सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा विभिन्न संकायमा स्नातक र स्नातकोत्तर तह पढिरहेका विद्यार्थीलाई सप्तरीको सुरुङ्गा नगरपालिकाले प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराएको छ । 

नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को बजेटबाट नगर क्षेत्रको विभिन्न वडाबाट उक्त क्याम्पस पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको श्रोतव्यक्ति भोगेन्द्र यादवले जानकारी दिए । उनका अनुसार जनही ६ हजार रुपैयाँ छात्रबृत्ति उपलब्ध गराइएको हो । ‘आगामी आवका लागि पनि छात्रवृत्तिका लागि बजेट छुट्याइएको छ,’ उनले भने, ‘नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि छात्रवृत्ति वितरणलाई निरन्तरता दिइनेछ ।’

यसअघि गत चैतमा नगर क्षेत्रमा बसोवास रही १२ कक्षा उत्तिर्णपछि विभिन्न ठाउँमा स्नातक तह पढिरहेका ३१ जना दलित छात्रालाई जनही आठ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम बाँडिएको उनले बताए । 

एइईमा उत्कृष्ठ जिपिए ल्याउनेलाई नगदसहित सम्मान
नगर शिक्षा शाखा प्रमुख समेत रहेका शिक्षा अधिकृत हिरालाल रानाका अनुसार एसइई परीक्षा ०८१ को नतिजा सार्वजनिक भएपछि सुरुङ्गा नगरपालिका क्षेत्रका ६ वटा सामुदायिक विद्यालयबाट उत्कृष्ठ जिपिए ल्याएका सातजना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । 

‘नगरपालिका क्षेत्रका ६ वटा सामुदायिक विद्यालयबाट उत्तिर्णमध्ये ४ जिपिए ल्याएका एक र ३.१ देखि ४ जिपिएमुनि अंक ल्याएका ६ जनासहित सातजनालाई नगदसहित सम्मान गरिएको हो,’ उनले भने, ‘नगर क्षेत्रको सामुदायिक विद्यालयबाट चार जिपिए ल्याएकी विद्यार्थी कृतिका थापा मगरलाई नगद एक लाख र बाँकी ६ जनालाई जनही १५ हजारको दरले नगद र सम्मान गरिएको थियो ।’

उनका अनुसार एसइई परीक्षा ०८१ मा नगर क्षेत्रमा रहेका ६ सामुदायिक र एक संस्थागत विद्यालयबाट सहभागी पाँच सय ९५ विद्यार्थीमध्ये दुई सय ६९ (४५.२३ %) उत्तिर्ण भएका थिए ।