१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

सांसदहरूले भूकम्पबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजकोे बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा. सुनीलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनले बहिरंग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेको उनको भनाइ छ । आन्दोलनरत चिकित्सकहरूको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा. शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गरे ।

‘मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठिक छ–छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्तर्गत बनेको कानुन र ननमेडिकल मान्छेहरुले गर्ने ?’ सांसद डा. शर्माले भने, ‘चिकित्सकको कामकारबाहीबारे यसरी निर्णय गर्ने विषय लज्जास्पद र दुःखद हो ।’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले भूकम्पले क्षतिग्रस्त घरहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद बस्नेतले जोखिमपूर्ण बस्तीलाई सुरक्षित रूपमा पुनर्स्थापना र भूकम्पपीडित नागरिकको जीवनरक्षा एवं सम्मानजनक पुनर्स्थापनाको माग गरे। पुनर्निर्माण व्यावहारिक नहुँदा यी घरहरूमा बसोबास गर्न जोखिमपूर्ण भएको उनले बताए ।

‘जाजरकोटसहित भूकम्प प्रभावित जिल्लाका नागरिकहरू अस्थायी टहरामा जोखिमपूर्ण जीवन बिताइरहेका छन् । बाढीपहिरो र मौसमजन्य प्रतिकूलताले उनीहरूको पीडा झन् गहिरिएको छ,’ सांसद बस्नेतले भने, ‘भूकम्पले क्षतिग्रस्त घरहरूको पुनर्निर्माण ढिलाइ नगर्न आग्रह गर्छु ।’

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का चन्द्रबहादुर विश्वकर्माले भूकम्प प्रभावितको समस्या समाधानमा जोड दिन आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले चोभार गल्छीको भूगोल र स्वरूप कुनै हालतमा परिवर्तन हुन नदिइने धारणा राखे । उनले चोभारमा रहेको बागमती निकास गल्छी काट्ने विषयमा कुनै काम नभएको भन्ने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जवाफप्रति आभारसमेत प्रकट गरे ।

‘मन्त्री सिंह र बागमती सभ्यता र विपत् व्यवस्थापन निकायहरूसँग छलफल गर्दा त्यस्तो कुनै कार्यक्रम नगरिने जवाफ पाएँ, त्यसका लागि आभार व्यक्त गर्छु । भविष्यमा पनि यस्तो काम नहोस्,’ सांसद केसीले भने ।

मञ्जश्री गल्छी धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वको स्थान भएको उल्लेख गर्दै उनले यस स्थानलाई यसको संरक्षणलाई ध्यान राख्दै डुबानको जोखिम कम गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए ।