१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format २१:५७:oo
Read Time : < 1 मिनेट
समाचार

अनुमतिविना सञ्चालित कलैयाका विद्यालय बन्द गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५७:oo

कलैया उपमहानगरपालिकाले अनुमतिविना सञ्चालनमा रहेका निजी तथा सामुदायिक विद्यालयहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाअन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सूचना जारी गर्दै इआईएमएस (एजुकेशन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम)कोडबिनै सञ्चालनमा रहेका शैक्षिक संस्थाहरूलाई कारबाहीको चेतावनीसहित बन्द गर्न निर्देशन दिएका हो । 

महाशाखा प्रमुख राजिव कुमार यादवद्वारा जारी सूचनामा भनिएको छ, ‘अनुमति बिना इआईएमएस कोड प्राप्त नगरी सञ्चालनमा रहेका विद्यालयहरू तत्काल बन्द गर्नुपर्नेछ।’ साथै सूचनाअनुसार अनुगमनको क्रममा यस्ता विद्यालय सञ्चालनमा रहेको भेटिए कानुनअनुसार कडा कारबाही गरिनेछ।

कलैया उपमहानगरले पछिल्लो समय शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले नियमन कडा बनाउँदै आएको छ । यसअघि पनि नगरले निजी विद्यालयहरूलाई निर्धारित मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिँदै आएको थियो।

नगर क्षेत्रभित्र अझै पनि दर्जनौँ शैक्षिक संस्थाहरूविना दर्ता वा आवश्यक स्वीकृति सञ्चालनमा रहेको पाइएको छ। यस कदमले विद्यार्थीको शैक्षिक गुणस्तर, सुरक्षा र विद्यालयको जवाफदेहिता सुनिश्चित गर्ने विश्वास नगरपालिकाको छ।

नगरबासी, अभिभावक र सरोकारवालालाई समेत यस्ता गैरकानुनी विद्यालयप्रति सतर्क रहन नगरपालिकाको आग्रह छ।