१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format २o:५१:oo
Read Time : < 1 मिनेट
समाचार

ताप्लेजुङका पशु चौपायामा देखियो लम्की स्किन संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५१:oo

ताप्लेजुङका पाँचवटा स्थानीय तहमा लम्पी स्किन संक्रमण देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका अनुसार ६ वटा स्थानीय तहका ३४ पशु चौपायामा संक्रमण देखिएको हो।

प्रदेश प्रयोगशालामा पठाएको नमुना परीक्षणअनुसार मेरिङ्देनमा १०, आठराई त्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवामा २, फक्ताङलुङमा २ वटामा पशुमा संक्रमण पुष्टि भएको विज्ञ केन्द्रले जनाएको छ। फुङलिङ नगरपालिकाका ७ वटा पशुचौपायामा पनि संक्रमण देखिएको छ। संक्रमण देखिन थालेपछि यस आर्थिक वर्षको पछिल्लो समयमा चार हजार सात सय ५० पशु चौपायालाई खोप लगाइएको छ। 

एउटा भाइलमा २५ डोज खोप हुने र एकदेखि डेढ घण्टाको समयमा लगाइसक्नुपर्ने भएकाले त्यही संख्यामा पशुचौपाया तयारी बनाएर खोप लगाउने गरिएको कार्यालयले जनाएको छ। खोप पर्याप्त मात्रामा नभएकाले गोठलाई सफा सुग्घर राख्ने, किरा भुसुनाले नटोकोस् भन्नका लागि धुप बाली दिने गरे संक्रमणबाट पशु चौपाया जोगाउन सकिने सुझाव पशु विज्ञहरू बताउँछन्। गत वर्ष यो संक्रमणका कारण जिल्लाका हिमाली क्षेत्रमा चौँरी र याक ठुलो अवस्थामा मरेका थिए।