१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १९:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या गरी फरार रहेका दुईजना २४ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२o:oo

हत्या आरोपमा दोषी ठहर भई फरार रहेका दुईजनालाई प्रहरीले २४ वर्ष आठ महिनापछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षका दुर्गानारायण बुढा र सोही स्थान बस्ने ४९ वर्षका पर्सबहादुर बुढा रहेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए।

२८ कात्तिक २०५७ मा हालको धौलागिरी गाउँपालिका–३ बस्ने २४ वर्षका गर्ने पाइजा मगरलाई घरको पिँढीमा बाँधी बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

फरार रहेका दुईमध्ये पर्सबहादुरलाई जिल्ला अदालत म्याग्दीले २५ फागुन ०५९ र दुर्गा नारायणलाई २६ असोज २०६६ मा २० वर्ष कैद सजाय तोकेको थियो।

विशेष सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले दुवैलाई शनिबार काठमाडौं तारकेश्वर नगरपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि आइतबार जिल्ला प्रहरी कार्यालय, म्याग्दी पठाएको प्रहरी वरिष्ठ उपरीक्षक मगरले जानकारी दिए।