१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उडेको चरा समात्ने साहस भएका युवासँग देश विकास गर्ने क्षमता हुन्छ–उपाध्यक्ष बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देश विकासका लागि युवा अग्रसरता अनिवार्य रहेको बताएका छन्। काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा आयोजित ‘युवा नेतृत्व तथा उद्यमशीलता कार्यशाला’ कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले भने, ‘आकाशमा उडिरहेको चरा समात्ने साहस भएका युवासँग मात्र देश विकास गर्ने क्षमता हुन्छ।’

उनले गौतम बुद्धदेखि बिनोद चौधरी र सोविता गौतमसम्मको उदाहरण प्रस्तुत गर्दै युवाहरूले उमेरमै सपना देख्न र त्यसलाई साकार पार्न सक्ने विश्वास व्यक्त गरे। ‘उद्देश्यसहित काम गर्ने युवा नै परिवर्तनका संवाहक हुन्,’ उनले जोड दिए।बस्नेतले युवालाई राजनीति प्रतिको रुचि बढाउन पनि आह्वान गरे। ‘सबै नीतिभन्दा माथि राजनीति हुन्छ,’ उनले भने, ‘बेथिति, अनियमितता र कुशासन विरुद्ध युवाले उठाएको विद्रोहले मात्र देश सही दिशातर्फ जान सक्छ।’

शिक्षा प्रणाली जागिरमुखी नभई उद्यममुखी हुनुपर्नेमा जोड दिँदै उपाध्यक्ष बस्नेतले भने, ‘हामीले शिक्षालाई श्रमसित, श्रमलाई सिपसित, सिपलाई उत्पादन र रोजगारीसित, र त्यसलाई समृद्धिसित जोड्नुपर्छ।’कार्यक्रममा सेन्ट्रल कलेजका प्राचार्य पारस श्रेष्ठले व्यवसायिक शिक्षामा कलेजको योगदान उल्लेख गर्दै राज्यको नीति र समर्थनको अभावप्रति गुनासो गरे।

 ‘युवालाई देशमै रोक्न स्वरोजगार र रोजगारका अवसर आवश्यक छन्,’ उनले भने, ‘त्यसका लागि हामी समयसापेक्ष शिक्षा प्रदान गरिरहेका छौं।’उपप्राचार्य गणेश बुढाथोकीले विद्यार्थीलाई उत्प्रेरित र मार्गनिर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।सो अवसरमा गत जेठमा सम्पन्न खेलकुद सप्ताहका विजेताहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। खेलकुद संयोजक जीवनलाल श्रेष्ठका अनुसार करीब दुई सय विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए।

खेलकुद सप्ताहमा फुटबल, भलिबल, बास्केटबल, क्रीकेट, म्याराथन, ब्याडमिन्टन, टेबलटेनिस र चेसजस्ता खेलमा छात्र र छात्रातर्फ छुट्टाछुट्टै प्रतियोगिता सम्पन्न भएको थियो। सो प्रतियोगितामा विजयी विद्यार्थीलाई शुक्रबार आयोजित कार्यक्रममा मेडल र प्रमाणपत्र प्रदान गरिएको एकेडेमिक डाइरेक्टर विनोदकुमार अधिकारीले बताए ।