१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १२:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरका सबै नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o९:oo

भक्तपुरका चारैवटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बिहीबार भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेसँगै जिल्लाका सबै नगरपालिका पूर्ण खोप सुनिश्चित भएकाे जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जानकारी दिइन् ।

भक्तपुरकाे सूर्यविनायक नगरपालिकालाई सबैभन्दा पहिला गत जेठमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा  गरिएकाे थियो । त्यसयता क्रमश: चाँगुनारायण र मध्यपुर थिमि पनि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भइसकेका छन् ।

पालिकाका सबै लक्षित उमेर समूहका बालबालिकाले सम्पूर्ण खोप लगाइसकेका छन् भन्ने प्रमाणित भएकाले जिल्लाका चारैवटा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरी प्रमाणपत्र दिइएको जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काको बताइन् । यो घोषणा स्वास्थ्य मन्त्रालयको निर्देशन र निर्देशिकाअनुसार परीक्षण र मूल्यांकनपछि गरिएको उनले जानकारी गराइन् ।

पालिकामा नगर प्रमुखको अध्यक्षतामा नगर खोप समन्वय समिति हुने र यसले वडालाई पूर्ण खोप सुनिश्चित भए–नभएको मूल्यांकन गर्ने तथा जिल्लामा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय समितिले पालिकाको मूल्यांकन गरेर घोषणा गर्ने संयन्त्र रहेको उनले प्रस्ट पारिन् ।

जिल्लाका ३८ वटै वडा र चारैवटा नगरपालिकाका लक्षित बालबालिकाले पूर्ण रूपमा लगाउनुपर्ने सबै खोप लगाइसकेकाले अब जिल्लालाई पनि यसै आर्थिक वर्षभित्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भइरहेको जिल्ला समन्वय अधिकारी राधाकृष्ण खतिवडाले बताएका छन् ।

जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले पूर्ण खोप सुनिश्चितता स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको उल्लेख गरे ।