
सन् १८०३ : संयुक्त राज्य अमेरिकाले फ्रान्सको कब्जामा रहेको अमेरिकी भूमि लुजियाना क्षेत्र खरिद गरेको सार्वजनिक गर्यो । २१ लाख ४० हजार वर्गकिमिको सो भूमि १.५ करोड डलरमा खरिद गरिएको थियो ।
सन् १८८४ : फ्रान्सले अमेरिकी स्वतन्त्रताको सम्मानस्वरूप उपहार दिएको ‘स्ट्याच्यु अफ लिबर्टी’ पेरिसमा अमेरिकी प्रतिनिधिलाई हस्तान्तरण गर्यो ।
सन् १९०९ : ब्रिटिस गुप्तचर ब्युरोले विदेश हेर्नका लागि अलग शाखा ‘एमआई–६’ गठन गर्यो ।
सन् १९४६ : ४८ वर्षपछि फिलिपिन्स अमेरिकाको शासनबाट मुक्त भयो ।
सन् १९६० : अमेरिकाको पचासौँ राज्य हवाईको सम्मानमा देशको झन्डामा एउटा तारा थपिएसँगै अमेरिकाका झन्डामा रहेको ताराको संख्या पचास पुग्यो ।
सन् २०१२ : स्विट्जरल्यान्डको सर्नका वैज्ञानिकले हिग्स बोसोनको सिद्धान्तसँग मेल खाने नयाँ कण पत्ता लागेको घोषणा गरे ।
सन् २०१७ : उत्तर कोरियाले जापान सागरमा पहिलोपटक सफल ‘अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम)’ परीक्षण गर्यो ।