१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नवौँ संस्करणको पावर समिट असोजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१२:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले १ र २ असोजमा काठमाडौंमा ‘पावर समिट, २०२५’ आयोजना गर्ने भएको छ । सरकारले लिएको २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई केन्द्रमा राखेर इप्पानले पावर समिट गर्न लागेको हो ।

त्यो परिपे्रक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमका रूपमा पावर समिट गर्न लागेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । अहिले नेपालमा विद्युत्को जडित क्षमता ३६ सय मेगावाट छ ।  

‘नेपालको कुल ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ । हालसम्म निजी क्षेत्रले १३ खर्ब रुपैयाँबराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीका लागि तम्सिएको छ,’ उनले भने, ‘निजी क्षेत्रकै अगुवाइमा ४२ सय मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका र ४१ सय मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा परिप्रेक्ष्यमा आगामी असोजमा पावर समिट गर्दै छौँ ।’