१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१५:oo

हेटौंडामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ।दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय दिपेन्द्र कुमार झाको मृत्यु भएको हो ।

मकवानपुर प्रहरीका अनुसार बिहीवार राति करिब ११स्२० बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० राप्ती रोमा पूर्वबाट पश्चिमतर्फ गइरहेको झाले चलाएको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा राति ११ :५० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । घटनाको जानकारी प्राप्त भएपछि ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । हाल मृतकको शव हेटौंडा अस्पतालमै राखिएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।