१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
तस्बिर : एएफपी
रासस इस्लाम काला
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जुनमा इरानबाट दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
रासस, इस्लाम काला
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले स्वदेश फर्किन दिइएको निर्देशनअनुसार इरान छोडेका छन्। तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमाअघि फिर्ता हुने क्रम बढेको संयुक्त राष्ट्रसंघको आप्रवासन मामिला हेर्ने निकायले बताएको छ।

२८ जुनसम्म दुई लाख ३३ हजार ९४१ व्यक्ति इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका प्रवक्ता अवन्द अजिज अघालाई उद्धृत गर्दै एएफपीले जनाएको छ। 

सन् २०२५ जनवरीदेखि जुन २८ सम्म ६ लाख ९१ हजार ४९ जना मानिस फर्केको र उनीहरूमध्ये ७० प्रतिशतलाई जबर्जस्ती फिर्ता पठाइएको उनले बताए। अफगानीहरूले बढ्दो निर्वासन र मे महिनामा इरानले घोषणा गरेको जुलाई ६ सम्मको समयसीमाका कारण पछिल्लो समय स्वदेश फर्कनेहरूको संख्या बढेको जनाइएको छ।

गत हप्ताको धेरै दिनसम्म यो संख्या दैनिक ३० हजारको हाराहारीमा रहेको आइओएमले जनाएको छ। हालको फिर्ता दरको दैनिक तथ्यांक लगभग ६ देखि सात हजार रहेकोमा समयसीमाअघि नै संख्या बढ्ने अपेक्षा गरेको संयुक्त राष्ट्रसंघ र तालिबानका सीमा अधिकारीले जनाएका छन्।