१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १६ सोमबार १२:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षा विधेयकमा विलम्ब र षड्यन्त्र भए आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १२:३३:oo

असार १५ गते पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अगाडि नबढेपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।  ‘२०८२ वैशाख १७ गते राज्यपक्ष र महासंघबिच महत्त्वपूर्ण सहमति भयो, त्यो सहमतिमा महासंघसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो, तर सो प्रतिबद्धताअनुरूप असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस भएको छैन,’ विज्ञप्तिमा उल्लेख छ । यसबाट आमनेपाली शिक्षक/कर्मचारी सशंकित र आक्रोशित भएको महासंघले जनाएको छ ।

‘त्यसैले संसद्को शिक्षा समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमतिहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधिसभामा पेस गरी पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा उल्लेख छ । 

राजधानीकेन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता भएको थियो।