१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सहसचिवमा खुला प्रतिस्पर्धा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:१३:oo

आइतबार संसदबाट पास भएको निजामती विधेयक कार्यान्वयनसँगै निजामती सेवाको सहसचिवमा खुला प्रतिस्पर्धा बन्द हुने भएको छ। अब उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धा हुने भएको छ। 

सहसचिवको पदपूर्ति गर्दा १५ प्रतिशत अन्तरतह र ८५ प्रतिशत बढुवाबाट हुने व्यवस्था आइतबार पारित भएको निजामती सेवा विधेयकमा छ। यसअघि सरकारले पेस गरेको विधेयकमा १० प्रतिशत खुला प्रतिस्पर्धाको प्रावधान थियो। 

अब उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धा हुने भएको छ। उपसचिव पदको पदपूर्तिमा १० प्रतिशत खुला, २० प्रतिशत अन्तरतह प्रतिस्पर्धा र ७० प्रतिशत बढुवाबाट पदपूर्ति हुने भएको छ । 

त्यस्तै, शाखा अधिकृतमा ६० प्रतिशत खुला, १० प्रतिशत अन्तरतह प्रतिस्पर्धा र ३० प्रतिशत बढुवाबाट पदपूर्ति हुनेछ। यसअघि शाखा अधिकृतको पदपूर्ति खुलाबाट ७० र बढुवाबाट ३० प्रतिशतको व्यवस्था थियो ।