१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन्। ज्वरो आउने र कमजोर महसुस भएपछि पौडेललाई शनिबार साँझ वीर अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

वीरको भिभिआइपी कक्षमा उनको उपचार भइरहेको छ। अस्पतालका अनुसार परीक्षण गर्दा मन्त्री पौडेललाई गम्भीर समस्या भने देखिएको छैन।

थप ल्याब टेस्टपछि आज साँझसम्म डिस्चार्ज गर्ने तयारी छ। उपचारमा संलग्न चिकित्सकहरूले स्ट्रेस र भाइरल ज्वरोका कारण मन्त्री पौडेल बिरामी भएको बताएका छन्।