
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङका तीनवटा विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाका ६९ विद्यालयमध्ये तीनवटा विद्यालयको नतिजा शून्य भएको हो ।
जिल्ला शिक्षा समन्वय समिति ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले सिदिङ गाउपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी १७ जना विद्यार्थीमध्ये कोही उत्तीर्ण नभएको बताए ।
त्यस्तै, सिरिजंघा गाउँपालिका– ५ पेदाडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय र मेरिङदेन गाउँपालिका– १ स्थित सिंहदेवी माध्यमिक विद्यालयको नतिजा नील छ । राष्ट्रिय माध्यमिक विद्यालयमा १५ र सिंहदेवी माध्यमिक विद्यालयमा आठजना विद्यार्थीले एसइई दिएका थिए ।
ताप्लेजुङका पाँचवटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् । फक्ताङलुङ गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र सिंवा मावि शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन् ।