१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
Invalid date format २२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष ‘प्रचण्ड’द्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:१९:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्।

आज राति नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीको मिहिनेत, लगनशीलता र दृढसंकल्पमा साथ दिने शिक्षक/शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गरेका छन्।

उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। अध्यक्ष दाहालले भने, ‘राष्ट्र निर्माण र समृद्धिका लागि आजको उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामनासहित तपाईंहरू सबैको उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गर्दछु।’

यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए।