१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
२o८२ असार १३ शुक्रबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा टिपरले ठक्कर दिँदा स्कुटरचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १८:३७:oo

टिपरले ठक्कर दिँदा शुक्रबार पोखरामा एक स्कुटरचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका– ४ सर्केटारीकी ४२ वर्षीया मीना क्षेत्री रहेकी छिन्।

पोखरा महानगरपालिका– १७ स्थित छोरेपाटनबाट पोखरा– २२ पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग.१ख ३४४५ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको ग.२६प १२५९ नम्बरको स्कुटरलाई पोखरा– २२ स्थित बगालटारीमा ठक्कर दिएको थियो।

ठक्कर दिएपछि घाइते भएकी स्कुटरचालकलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख शोभा पाण्डेले जानकारी दिइन्।