१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
श्रवण थापा सर्लाही
Invalid date format o९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपरको ठक्करबाट किशोरको ज्यान गयो, आक्रोशित स्थानीयले टिपर जलाए

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format o९:५१:oo

लालबन्दी–सर्लाहीको लालबन्दीमा टिपरको ठक्करबाट एक किशोरको ज्यान गएको छ ।  बुधबार लालबन्दी नगरपालिका– ५, मेजरगन्जस्थित भित्री सडकखण्डमा ना.२क ५०१ नम्बरको टिपरको ठक्करबाट कविलासी नगरपालिका– ८, अगर्वा घर भई मेजरगन्ज बस्ने अन्दाजी २० वर्षका सचिन साह गुप्ताको मृत्यु भएको हो । किशोरलाई उपचारका लागि प्रदेशिक अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।  

दिउँसो ट्युसन पढेर साइकलमा घर फर्कँदै गरेका किशोरलाई भित्री सडकखण्डअन्तर्गत जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका किशोरलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएको उनको भनाइ थियो ।

यता पीडित परिवारले लापरबाही पूर्ण ढंगले चलाएको टिपरको ठक्करबाट किशोरको मृत्यु भएको दाबी गरेकाे छ । टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएका किशोरलाई घाइते भनेर सुरक्षाकर्मीले शव प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको पीडित परिवारको आरोप छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगो लगाइदिएका थिए । 

आगलागीबाट टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेको छ। टिपरमा लगाएको आगो प्रहरी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटनालगत्तै फरार रहेका टिपरचालकको खोजी भइरहेको जनाएको छ ।