
ललितपुरको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि दुई अर्ब सात करोडको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभा बैठकमा उपप्रमुख मुना अधिकारीले आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गरेकी हुन्।
आगामी वर्षको बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र बाढीपहिरो न्यूनीकरण र राहतलाई प्राथमिकता राखेको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिए। ‘यस क्षेत्रमा गत वर्ष बाढीले धेरै नै क्षति पुर्याएको थियो। त्यसैले, बजेटमा बाढीपहिरो र राहतको विषयलाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र पूर्वाधार पनि हाम्रो प्राथमिकतामा छ।’