१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटको छलफलमा सांसद नै झुक्किए, पारित भएको विधेयकमा बोल्न थालेपछि सभामुखले रोके

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेटमाथिको छलफलमा सांसदहरू झुक्किएका छन्। प्रतिनिधिसभाले मंगलबार बजेटको मन्त्रालयगत शीर्षक रहेको विनियोजन विधेयक बहुमतले पारित गर्‍यो।

विनियोजन विधेयक पारित गरेलगत्तै प्रतिनिधिसभामा अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा आर्थिक विधेयकमा सैद्धान्तिक छलफल प्रारम्भ भएको छ। छलफलको पहिलो वक्ताका रूपमा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सभामुखले रोस्ट्रममा बोलाए।

तीन मिनेट बोलेका खानले विनियोजन विधेयकको बारेमा धारणा राखे। उनले ‘हामी विनियोजन विधेयकको छलफलमा छौं’देखि पटक-पटक विनियोजन विधेयक भन्दै यसलाई सर्वसम्मत पारित गर्नुपर्ने भनेर आफ्नो भनाइ टुंग्याए।

त्यसपछि सभामुख घिमिरेले माओवादीका माधव सापकोटालाई बोलाए। उनले पनि सुरुमा विनियोजन विधेयक नै भने। विनियोजन विधेयक र १६औँ पञ्चवर्षीय योजनाको तालमेल नभएको भनेर बोलिरहँदा सभामुख घिमिरेले रोकेका थिए।

सभामुखले ‘हामी विनियोजन विधेयक होइन, आर्थिक विधेयकको छलफलमा छौँ’ भनेका थिए। त्यसपछि सापकोटाले गल्ती भएको स्वीकार गर्दै माफी मागेर आर्थिक विधेयकबारे धारणा राख्न सुरु गरेका थिए।