१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १० मंगलबार १३:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिसी यू–१६ इस्ट जोन कप :  नेपाल लगातार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १३:५१:oo

नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभलमा आज भएको खेलमा  नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । दुई खेलमा विजयी हुँदै नेपालले चार अङ्क जोडेको छ । नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । जापानले पहिलो खेलमा भूटानलाई पराजित गरेको थियो । 

 टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै  ८० रन बनायो । एकासी रनको लक्ष्य नेपालले १४ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि शिवान्स बजगाईंले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाए । बलिङतर्फ जापानका लागि केइसी काबायाशीडोगेटले एक विकेट लिए ।

यसअघि जापानका लागि ब्याटिङ गर्ने क्रममा कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि शुभम् खनालले सर्वाधिक पाँच विकेट लिए । त्यसैगरी, अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले एक एक विकेट लिए ।

    प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो । 

    नेपालले तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा चौथो खेल असार १७ गते भुटानसँग खेल्ने छ ।