१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा उपमहानगरकाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

हेटौँडा उपमहानगरपालिकाका चारवटा वडाका नौ विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’मार्फत दिवाखाजा वितरण सुरु गरिएको छ। विद्यार्थीलाई पोषणयुक्त खाजा प्रदान गर्ने उद्देश्यले संघीय सरकारको बजेटमा सञ्चालनमा ल्याइएको ‘मेघा किचन’ हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा स्थापना गरिएको छ।

उपमहानगरपालिकाका वडा नम्बर ६, १६, १७ र १८ मा पर्ने बालबोध, बंशगोपाल, जनप्रीय, लक्ष्मी आधारभूत, ज्योति, गोरक्षश्वर, कमला, दिव्यज्योति र राजदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई खाजा वितरण गरिने शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।

खाजा व्यवस्थापनका लागि बालबोध माविका व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको नेतृत्वमा विशेष ‘मेघा किचन व्यवस्थापन समिति’ गठन गरिएको छ। किचन सञ्चालनका लागि संघीय सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

यद्यपि, बजेट चैत्र महिनामै आए पनि आन्तरिक तयारीका कारण हाल मात्रै किचन सञ्चालनमा आएको नगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ। महाशाखाको राष्ट्रिय मापदण्डअनुसार हप्ताको विद्यालय सञ्चालन हुने ६ दिन ६ प्रकारका फरक–फरक खाजा तयार पारिनेछ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै पोषणयुक्त, स्वच्छ र स्वास्थ्यकर खाजा वितरण गरिने शिक्षा महाशाखा प्रमुख कोइरालाले जानकारी दिए ।

किचनको सोमबार हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा नम्बर १८ का अध्यक्ष अनिलकुमार बानियाँलगायतले निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणपश्चात नगरप्रमुख लामाले विद्यार्थीको स्वास्थ्यप्रति सचेत हुँदै गुणस्तरीय खाजा वितरणमा ध्यान दिन सम्बन्धित पक्षलाई सुझाव दिइन्।