१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १७:२६:oo

मुगुको खत्याड गाउँपालिकाको माझचौर बजारबाट बालुवा लिएर वडा नं ४ जिउका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा खत्याड गाउँपालिका–४ पैखु गाउँकी शारदा थापा रहेकी छ्नि्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ज १ त ५११२ नम्बरको ट्याक्टर माझचौरबाट बालुवा लिएर जिउका जाँदै गर्दा आइतबार राति ९ बजेतिर वडा नं ४ राम्रीकाद भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब सात सय मिटर तल खसेको थियो।

घटनालगत्तै प्रहरी चौकी माझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी घटनास्थलमा पुगेको थियो। स्थानीय र प्रहरीहरूले घाइतेलाई उद्धार गरेका थिए। उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।