
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.७८ अङ्कले बढेर दुई हजार ६००.७६ को विन्दुमा कायम भएको हो । आज ३२५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ७० हजार ८३१ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक ०.०९, जीवन बिमा ०.३९, उत्पादन तथा प्रशोधन ०.६१, म्युचुअल फन्ड ०.३४, निर्जीवन बिमा ०.२३ र अन्य समूह ०.१९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह २.२० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ ०.१५, वित्त ०.७२, होटेल तथा पर्यटन ०.९०, जलविद्युत् ०.४२, लगानी ०.३७ र लघुवित्त समूह ०.०१ प्रतिशतले बढेको छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रु. ५२ करोड १८ लाख ५९ हजार ८६६ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको आठ लाख ३१ हजार ४८१ कित्ता सेयर खरिद–बिक्री भएको छ ।