
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विनियोजन विधेयक, ०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई ह्विप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्विपमा सबै सदस्यलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।
नेपाल सरकारद्वारा गत जेठ १५ गते संघीय संसदमा पेस गरिएको आर्थिक वर्ष ०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।