१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
Invalid date format o७:१९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भरतपुर र पोखरा महानगरले ल्याए बजेट

संवैधानिक व्यवस्थाअनुसार १० असारसम्म बजेट ल्याउनुपर्ने बाध्यतामा स्थानीय तह, तर आन्तरिक द्वन्द्वका कारण अधिकांश पालिकाको ढिलाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१९:oo

एक अर्ब ३६ करोड घटाएर भरतपुरको बजेट सार्वजनिक

भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा एक अर्ब ३६ करोड घटाएर आगामी आर्थिक वर्ष ०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालू आवमा महानगरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

आइतबार महानगरका उपमेयर चित्रसेन अधिकारीले सार्वजनिक गरेको बजेटमा आन्तरिक आयबाट एक अर्ब ८० करोड, राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख २५ हजार स्रोत प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, संघको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख रुपैयाँ, बागमती प्रदेशको राजस्व बाँडफाँटबाट १४ करोड चार लाख ४१ हजार रुपैया, जनसहभागिता र श्रमदानबाट पाँच करोड, बैंक मौज्दात ७० करोड र सडक बोर्डबाट तीन करोड प्राप्त हुने अनुमान गरिएको छ । बजेट वक्तव्यमा ‘नेपालको सुन्दर सहर : समृद्ध, सुसंस्कृत भरतपुर महानगर’ मूल नारा दिइएको छ । बजेटमा दिगो सहरी पूर्वाधार, नियमित सडक मर्मत–सम्भार र अधुरा योजनालाई निरन्तरता दिने विषयलाई प्राथमिकता दिइएको छ । 

त्यसैगरी, कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गर्ने, शिक्षा विकास, युवा तथा खेलकुद तथा स्वास्थ्य सेवालाई सरल र सहज बनाउने, वातावरण, सरसफाइ, हरियाली एवं विपत् व्यवस्थापनलाई पनि बजेटको प्राथमिकतामा समेटिएको छ । 
उपमेयर अधिकारीका अनुसार चालू आवमा विनियोजितमध्ये ५३ प्रतिशत अर्थात् दुई अर्ब ९० करोड मात्रै बजेट खर्च भएको छ । दुई अर्ब ७३ करोड ५२ लाख ६२ हजार विनियोजन भएको चालू खर्चमध्ये जेठ मसान्तसम्म एक अर्ब ८७ करोड ५५ लाख ९५ हजार अर्थात् ६९ प्रतिशत र पुँजीगततर्फ दुई अर्ब ७२ करोड ४८ लाख ८० हजार विनियोजन भएकोमा जेठ मसान्तसम्म एक अर्ब तीन करोड १६ लाख दुई हजार अर्थात् ३८ प्रतिशतबजेट खर्च भएको छ ।

उपमेयर अधिकारीका अनुसार आन्तरिक आम्दानीतर्फ एक अर्ब ८० करोड रुपैयाँको लक्ष्य रहेकोमा एक अर्ब १५ करोड एक लाख अर्थात् ६४ प्रतिशत आम्दानी भएको छ । आइतबार मेयर रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुरलाई हरित र आत्मनिर्भर सहर बनाउने दाबी गरिएको छ । महानरपालिकाभित्र बन्ने सार्वजनिक तथा निजी भवनहरूमा ‘हरित छत’ कार्यक्रम सुरु गर्ने र जस्तापाताको छाना प्रयोगलाई निरुत्साहित गर्ने नीति कार्यक्रममा उल्लेख छ । 

प्राथमिकतामा राखिएका बजेट
शिक्षा : १० करोड ५० लाख

कृषि तथा पशुविकास :९ करोड

 समुदायसँग मेयर : ३ करोड

 सहरी पूर्वाधार : १८ करोड ६५ लाख

बहुवर्षे योजना : २५ करोड १० लाख

सडक मर्मत : ४ करोड

गौतम बुद्ध क्रिकेट रंगशाला : ४ करोड

महिला सशक्तीकरण : २ करोड

विपत् व्यवस्थापन : १ करोड ५० लाख 
प्रत्येक वडामा न्यूनतम ३ करोड २१ लाखदेखि अधिकतम ३ करोड ४० लाख रुपैयाँका दरले कुल ९४ करोड ७८ लाख रुपैयाँ

पोखराको बजेट ८३ करोड बढ्यो
वडा कार्यालयतर्फ एक अर्ब, पूर्वाधारतर्फ दुई अर्ब ३३ करोड

 

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि आठ अर्ब ३५ करोड १२ लाखको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले पेस गरेको बजेट चालू आवको तुलनामा ८३ करोड ७९ लाख १७ हजारभन्दा बढी हो । चालू आर्थिक वर्षमा सात अर्ब ५१ करोड ३२ लाख ८३ हजारको बजेट कार्यान्वयन भइरहेको छ ।

बजेटमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनतर्फ तीन अर्ब २३ करोड ७२ लाख २७ हजार अर्थात् ६१.८६ प्रतिशत, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब एक करोड १९ लाख १४ हजार अर्थात् १९.३३ प्रतिशत, प्रदेश राजस्व बाँडफाँटबाट चार करोड २८ लाख ७२ हजार अर्थात् ०.८० प्रतिशत, संघीय राजस्व बाँडफाँटबाट ३३ करोड आठ लाख ४० हजार अर्थात् ६.३२ प्रतिशत, संघीय समानीकरण अनुदानबाट ५२ करोड ८७ लाख अर्थात् १०.१० प्रतिशत, प्रदेश समानीकरण अनुदानबाट आठ करोड १५ लाख ४६ हजार अर्थात् १.५९ प्रतिशत व्यहोरिने उल्लेख छ । कुल बजेटमध्ये नगर कार्यपालिकाको कार्यालयका लागि ९५ करोड विनियोजन गरिएको छ ।