१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ८ आइतबार o९:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल प्रिमियर गल्फ : प्रो–एमको उपाधि  रामेको टिमलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार o९:१२:oo

रामेले ४१ तथा एमेच्योर गल्फरहरू विष्णुबहादुर कार्की र नोर्बु छिरिङ शेर्पाले ४० अंक बनाए । सायान बस्नेतले ३८ अंक जोडेका थिए ।

सूर्य नेपाल गल्फ टुर २०२४–२५ कोअन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो एमको उपाधि प्रोफेसनल गल्फर रामे मगरको टिमले जितेको छ । गोकर्ण गल्फ कोर्समा शनिबार प्रो रामे तथा टिमले कुल एक सय ५९ अंकसहित पहिलो भएको हो । रामेले ४१ तथा एमेच्योर गल्फरहरू विष्णुबहादुर कार्की र नोर्बु छिरिङ शेर्पाले ४० अंक बनाए । सायान बस्नेतले ३८ अंक जोडेका थिए । विजयी एमेच्योर खेलाडीले क्यालवे इलाइट ड्राइभर प्रदान गरियो ।

प्रो दिनेश प्रजापतिको टिम एक सय ५१ अंकसहित दोस्रो भयो । दिनेशले ४० अंक जोडे । एमेच्योर गल्फरहरू अश्मांक कार्की, वाङचेन ढोन्डुप र आश्रय बस्न्यातले समान ३७ अंक बनाए । प्रो तोरणविक्रम शाहीको टिमले एक सय ४४ अंकसहित तेस्रो भए । तोरणले ३८ अंक बनाए । एमेच्योर गल्फर आशिषमान शेरचनले ३६ तथा तरुण अग्रवाल र लिलाजंग गुरुङले समान ३५ अंक जोडे । महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । उनले ३२ अंक बनाइन् । प्रतियोगिताको लंगेस्ट ड्राइभको उपाधि संयोग शाहीले र क्लोजेस्ट टु दी पिनको उपाधि स्वदेश गुरुङले जिते‌ । 

प्रो एमका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम, सूर्य नेपालका उपाध्यक्ष (कर्पोरेट अफेयर्स) रवि केसी, नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फसंघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लब क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे । प्रो एममा २८ प्रो र एक सय १२ एमेच्योर गरी कुल एक सय ४० जनाको सहभागिता रहेको थियो । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियरको उपाधि एमेच्योर राहुल विश्वकर्माले जितेका थिए । उनले समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करिअरकै दोस्रो उपाधि जितेका हुन् ।

समग्रमा १९–अन्डर दुई सय ६९ को स्कोरमा भुवन नगरकोटी प्रोतर्फ पहिलो भएका थिए । उनले नगद तीन लाख प्राप्त गरे । एमेच्योर सदभाव आचार्य समग्रमा १८–अन्डर दुई सय ७० कोस्कोरमा तेस्रो भएका थिए । सिजनको अन्तिम प्रतियोगितामा ३७ प्रो र १८ एमेच्योर गरी कूल ५५ खेलाडीले भाग लिएका थिए । सिजनको अन्त्यसँगै धरानका प्रो नीरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटको शीर्षस्थानमा रहँदै नम्बर एक प्रोफेसनल गल्फर बन्न सफल भएका छन् । 

टुरको २०२४–२५ सिजनको आठ प्रतियोगितामा आठ लाख ६७ हजार पाँच सय नगद पुरस्कार जित्दै उनी नम्बर एक गल्फर बनेका हुन् । यो सिजन आठमध्ये सर्वाधिक तीन उपाधि नीरजले, दुई उपाधि एमेच्योर राहुलले, र एक–एक उपाधि एमेच्योर सदभाव, तथा तोरण र शुक्रले जिते । यो सिजन कुल ६७ लाख १० हजार नगद पुरस्कारका लागि‌ प्रो गल्फरले प्रतिस्पर्धा गर्दा ३८ खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए । 
 

छुटाउनुभयो की ?