१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३२:oo
Read Time : < 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय टिप्पणी : संवैधानिक संस्थाहरूको लज्जास्पद तस्बिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३२:oo

मुकुल ढकाल प्रकरणमा निर्वाचन आयोगको पछिल्लो पत्राचार नेपालमा संवैधानिक संस्थाहरूले आत्मा र विवेक दुवै गुमाइसकेको निर्लज्ज उदाहरण हो । हुनत नेताका जुत्ता टल्काएर लिइएका वा दिइएका, पछिल्लो समय चोलेन्द्रशमशेर राणाको ‘न्यायकाल’मा त प्रधानन्यायाधीशको समेत कोटा बेचिएका राजनीतिक र संवैधानिक नियुक्तिहरूमा विवेक खोज्नु नै विवेकहीनता मानिएला । तर, नेकपाकालदेखि मुकुल ढकाल प्रकरणसम्ममा निर्वाचन आयोगले देखाएको नांगो पक्षपात हाम्रो राज्य प्रणालीलाई नै कसरी भित्रैबाट कमजोर बनाइँदै छ भन्ने उदाहरण हो ।

हुनत नवनियुक्त न्यायाधीशहरू नै कृतज्ञता ज्ञापन गर्न दल र नेताहरूका दैलोमा लाइन लागेको र लगाइएको कुरूप दृश्य देखिसकेको देश हो यो । घरिघरि मानहानिको धम्की दिएर न्यायाधीशहरू भगवान्भन्दा पनि माथि जान खोज्दा जनतामा जाग्ने घृणा यस्तै दृश्यका परिणाम हुन् । निर्वाचन आयोग एक्लैले देखाएको छ, संस्थाहरूको दक्षता र विश्वसनीयता लगभग सकिइसकेको छ । लोकतन्त्रका लागि यो ठुलो आन्तरिक आक्रमण हो । आयोगमाथि उच्चस्तरीय छानबिन हुनुपर्छ ।

छुटाउनुभयो की ?