१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१८:oo
Read Time : > 1 मिनेट
समाचार

'एनआरएनलाई राजनीतिकबाहेक र गोर्खा सैनिकलाई राजनीतिकसमेतका अधिकार दिनुपर्छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१८:oo

सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ब्रिटिस गोरखा सैनिकलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्ने बताएका छन् ।

शनिबार आयोजित ‘सुगौली सन्धि, नेपालमा नागरिकता र ब्रिटिस गोर्खाज’ पुस्तक विमोचन कार्यक्रम उनले आफूहरू यसका लागि सकारात्मक रहेको र गृहमन्त्रीले पहल गरिरहेको उनले बताए । 

‘हामीले एकपटकको नेपाली सदाको नेपाली छलफल प्रारम्भ ग¥यौँ । एनआरएनको हकमा राजनीतिकबाहेकको अधिकार दिने र ब्रिटिस गोरखा सैनिकको हकमा राजनीतिक अधिकारसहितको नगारिकता दिने विषयमा गृहमन्त्रीले परराष्ट्र मन्त्रालयसँगको सहयोगमा पहल गर्दै हुनुहुन्छ,’ उनले भने । बेलायती सैनिकमा भर्ती भएका वा पुर्खा नेपाली नगारिक रहेकाहरुलाई वंशज नै मानी अधिकार दिइनुपर्ने र यसमा आवश्यक कार्य भइरहेको उनले बताए । 

कार्यक्रममा खतिवडासमेतका राजनीतिकर्मीले आफूहरू ब्रिटिस गोर्खा सैनिकको मागमा सकारात्मक रहेको बताएका थिए । संविधानविद् तथा अध्येता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित उक्त पुस्तकको लोकार्पण पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । नेपाली नागरिककै हैसियतमा सुगौली सन्धिका आधारमा बेलायती सेनामा भर्ना भएकाहरूको नेपाली नागरिकको हैसियत निरन्तर रहनुपर्ने वरिष्ठ अधिवक्ता ज्ञवालीले बताए । 

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफूहरु सदैव नै ब्रिटिस गोर्खाको मागमा सकारात्मक रहेको र संविधानसभाका बेला पनि गम्भीरतापूर्वक उठाएको सम्झिए । ‘हामीमा नागरिकताको विषयमा बुझाइको अल्पता छ । गोर्खा सैनिकले ल्याएको पैसाले नै नेपालको गाउँ–गाउँ मौद्रीकरण भएको हो । उनीहरुको योगदान लिने तर नागरिकता खोस्ने ?’ उनले भने । 

गोर्खा सैनिकलाई वंशजसरह अधिकार दिइनुपर्ने उनको भनाइ थियो । अमेरिकी व्यवसायी एलन मस्कको उदाहरण दिँदै भट्टराईले भने, ‘हाम्रै नागरिकमाथि भइरहेको अन्याय रोकौँ । गम्भीरतापूर्वक लिउँ । उहाँहरुले माग गरेको पुनः नागरिकता प्राप्ति होइन, पहिलेकै निरन्तरता हो । नागरिकताको अधिकारबाट उहाँहरुलाई वञ्चित नगरौँ ।’ 

पुस्तक लोकार्पण गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोर्खा सैनिकको इतिहास गर्विलो रहेको बताए । आफूहरूले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकलाई बेलायती सैनिकसरह नै मान्यता र सेवा सुविधा दिन माग गरिरहेको उनको भनाइ थियो । ‘हामीले बेलायती सेनासरहनै सेवासुविधा मान्यता दिनुपर्ने माग गरिरहेका छौँ । तर उनीहरूले मानेका छैनन् । गोर्खा सैनिकले यो माग उठाउनु स्वभाविक हो,’ देउवाले भने ।

छुटाउनुभयो की ?