१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
Invalid date format २o:४१:oo
Read Time : > 1 मिनेट
समाचार

एक करोड ३० लाखबराबरको सुनका गहनासहित दुई पक्राउ

आठ प्रकारका गहना र सुनका ढिक्कासहित ८२ तोला १६ लाल सुन बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४१:oo

एक करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरका अवैध सुनका गरगहनासहित पोखराबाट प्रहरीले एक नेपाली र भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–१६ पूर्वबहिया बस्ने ४७ वर्षका रामबहादुर बि.क. र भारत न्यु प्रताप नगर, जिटि रोड अमृतसर १ पञ्जाब बस्ने ४९ वर्षका कुलदिप सिंह रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

पोखराका विभिन्न स्थानमा अवैध रुपमा सुन र गरगहना बिक्रीका लागि ल्याएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पोखरा–२२ पुम्दीभुम्दीबाट पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । ओलियाका अनुसार अवैध रुपमा सुन र गरगहना बिक्रीका लागि ल्याएको सुचना प्रहरीलाई शुक्रबार आएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट बुटबलतर्फ जादै गरेको माइक्रोबस जाँच गर्ने क्रममा पुम्दीभुम्दीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती गहना भारतबाट ल्याएको देखिएको ओलीयाले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई सामानसहित आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि शनिबार पोखराबाट राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको ओलीयाले जानकारी दिए ।

पोखरामा ब्रिक्री नभएपछि बुटबल जादै गर्दा पक्राउ 
बरामद गरगहना पोखरामा बिक्री गर्ने भनी उनीहरू बुधबार पोखरा आएका थिए । तर गरगहना पोखरामा बिक्री नभएपछि बुटबलमा बिक्री गर्ने भनी जादै गर्दा उनीहरू पक्राउ परेका ओलियाले जानकारी दिए । उनीहरू पोखरा आएर विभिन्न पसलमा गएकोमा कसैले ती गहना खरिद नगरेपछि बुटबललाई दोस्रो बजारको रुपमा लिएर जादै गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेका दुईजना सुनको गरगहनासम्बन्धी काम गर्ने कालिगढ हुन् । भारतका सिंहले भारतको अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट गरगहना खरिद गरि भारतको जुपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली, हरियाणालगायतको स्थानमा लगेर बेच्ने काम गर्दै आएका थिए । तीन वर्षअघि भारतका सिंहको फेसबुकमार्फत नेपालका बिकसँग चिनजान भएपछि उनीहरू साथी भएका थिए । 

सिंहले नेपालमा बिक सँग चिनजानपछि नेपालमा पनि गरगहना बेच्ने योजना बनाएर आएका थिए । त्यसपछि नेपाल आएका सिंहले कसैलाई चिनेको छैन् त्यही भएर सँगै जाउ सुन बिक्री भएबापत केही रकम दिने शर्तमा बुटबलबाट बिकलाई पोखरा लिएर आएका थिए । सिंहले गहनाको डिजाइन पठाउने र बिकले त्यसलाई फेसबुकमा राखेर प्रचार प्रसार गर्ने काम समेत गर्दै आएका थिए ।  

सुनका ढिक्कासहित ८२ तोला १६ लाल सुन बरामद


उनीहरुसंग आठ प्रकारका गहना र सुनका ढिक्का सहित १८, २२ र २४ क्यारेटका ८२ तोला १६ लाल सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता÷सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार सुनको ढिक्का सानो ठुलो गरि दुई तोला २३ लाल, २९ थान सिक्री (तौल १० तोला ३१ लाल), एक थान दानावाला माला (तौल दुई तोला ९४ लाल), पथ्थर र हिरा जडित औंठी ५७ थान (तौल १० तोला ५४ लाल), कानमा लगाउने जुली १६२ जोर अर्थात ३२४ थान (तौल २७ तोला ६३ लाल), मंगलसुत्र १७ थान (तौल पाँच तोला), लकेट ९९ थान (तौल १३ तोला १२ लाल), कालो र रातो माला सहितका पोते १९ थान (तौल नौ तोला ३९ लाल), झुम्का स–साना टुक्राहरु एक तोला गरि ८२ तोला १६ लाल सुन बरामद गरेको हो । सुनको बजार मूल्य एक करोड ३० लाख ४१ हजार आठ रुपैयाँ पर्ने समेत बस्नेतले जानकारी दिए । 
 

छुटाउनुभयो की ?