१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार १९:५६:oo
Read Time : < 1 मिनेट
समाचार

अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १९:५६:oo

मुगुमा रहेको किर्डाक नेपालले २६ औँ  स्थापना दिवसका अवसरमा १३ जना अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ।

शनिबार कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको मुगु शाखाले  स्थापना दिवसको अवसर पारेर महाकाली नमुना माध्यामिक विद्यालयमा अध्ययनरत १३ जना बहिरा (अपांगता भएका)बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो।

सो अवसरमा किर्डाक नेपाल मुगु शाखाका जिल्ला संयोजक कर्णजंग शाहीले शैक्षिक सामग्रीले बालबालिकाको मनोबलमा राम्रो प्रभाव परोस् र उनीहरूमा आफू अपांगता भएको महसुस नहोस् भन्ने कामना गरे। बोल्न नसक्ने अपांग नानीबाबुहरूलाई समान्य मलमपट्टी होस् र सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरेको उनले बताए।

संस्थाले प्रत्येक विद्यार्थीलाई झोला, ४-४ वटा कलम र ४-४ कापी सहयोग गरिएको छ। सामग्री पाउने विद्यार्थी एक कक्षादेखि १२ सम्म अध्ययनरत रहेका छ्न्।

किर्डाक नेपाल २०५६ सालमा जुम्ला जिल्लामा स्थापना भएको थियो। यस संस्थाले स्वास्थ्य, शिक्षा, बालबालिका, बालविवाह, महिला, मानव अधिकार, खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ।

छुटाउनुभयो की ?