१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार २२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पैसाको विवादमा युवकको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार २२:१९:oo

बुटवलमा एक युवकको हत्या भएको छ । बुटवल उपमहानगरपालिका–  ९ कालिकानगर आइसिआई पथमा शुक्रबार एक युवक मृतक भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार गुल्मी मालिका गाउँपालिका– ६ बस्ने वर्ष २९ को ज्योति विकको हत्या भएको हो ।  प्रहरीका अनुसार हत्यामा संलग्न अर्घाखाँची पाणिनी गाउँपालिका– २ स्थायी घर भई  सैनामैना नगरपालिका– ६ रुपन्देही बस्ने ३६ वर्षका बालकृष्ण न्यौपाने पक्राउ परेका छन् ।

प्रनाउ कार्कीले पुरुष व्यक्तिको टाउकोमा चोट लागी रगताम्य भई मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी टोली खटिएको थियो । सो टोलीले घटनाको अनुसन्धानका क्रममा  विकलाई  टाउको तथा निधारको भागमा ढुंगाले हानी कर्तव्य गरी  फरार रहेका प्रतिवादी न्यौपानेलाई बुटवल– ८ सुक्खानगरबाट पक्राउ गरी अनुसन्धान कार्य भइरहेको कार्कीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा  दुवैजना साथी–साथी रहेको र पैसा लेनदेनको विवादमा कुटपिट भएको पाइएको छ । ‘सडकमा डुल्ने, मागी खाने गर्दा रहेछन्, पैसाको विवाद भएछ, विकले पैसा नदिएको भन्दै ढुंगाले हान्दा ज्यान गएको अनुसन्धानमा देखिएको छ,’ कार्कीले भने,  ‘थप अनुसन्धानबाट खुल्दै जानेछ ।’ प्रहरीले रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

छुटाउनुभयो की ?