१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ६ शुक्रबार १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिजिट भिसामा उच्चस्तरीय समिति माग्दै रास्वपा जुम्लाले सिडिओलाई बुझायो ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १७:o८:oo

भिजिट भिसाको दुरुपयोग र मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग्दै रास्वपा जुम्लाले प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएको छ।

प्रतिनिधिसभा सदस्य विनिता कठायतसहित जिल्ला प्रशासन कार्यालय पुगेका रास्वपा जिल्ला संयोजक मक्करबहादुर भण्डारीले शुक्रबार सिडिओ शाहीलाई ज्ञापनपत्र बुझाउँदै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

संघमा रास्वपाले सदनमा निरन्तर आन्दोलन गरिरहेका वेला जिल्ला कमिटीले सिडिओमार्फत सरकारको ध्यानाकर्षण थालेका छन्। ज्ञापनपत्रमा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेलगायतका माग गरिएको छ।