
प्रतिनिधिसभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आज प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरूले आ-आफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे । त्यसपछि राप्रपा र रास्वपा सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन् ।
उनीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान राख्दै नाराबाजी र वेल घेराउ गर्दै बैठकबाट बाहिरिएका हुन् । रास्वपाका सांसदहरू आज विरोध जनाउँदै नीलो रिबन र कालो लुगा लगाएर सदन पुगेका थिए ।