१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ६ शुक्रबार ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेसनल लाइफको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार ११:o९:oo

नेसनल लाइफ इस्योरेन्सको ३७औँ वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । बिहीबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर, पाँच प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गरेको हो ।

सोही सभाले गत आवका वित्तीय विवरण, लेखा परीक्षकसहितको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखा परीक्षक पनि नियुक्त गरेको छ ।

सभाले संस्थापक सदस्यका तर्फबाट प्रेमाराज्यलक्ष्मी सिंह, रथी पवनबहादुर पाँडे र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट कुलदीपशरण सिंह र भवानी राणालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचन गरेको छ  ।

कम्पनी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले चालू आवमा अर्थतन्त्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कारणले अर्थतन्त्र प्रभावित भएको बताइन् । साथै, आगामी दिनमा कम्पनी एक मुख्य बिमकका रूपमा आमसर्वसाधारणको जीवन बिमाको आवश्यकता परिपूर्ति गर्न अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन् । 

कम्पनीका अनुसार चालू आवमा कम्पनीको कुल बिमाशुल्क २१.९० प्रतिशतले वृद्धि भई २०४९.१२ करोड पुगेको छ भने कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई ७०१५.४६ करोड पुगेको छ ।