१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
एजेन्सी अर्जेन्टिना
२o८२ असार ५ बिहीबार १५:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

Read Time : < 1 मिनेट
एजेन्सी, अर्जेन्टिना
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १५:oo:oo

अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मिडियाले जनाएको छ । अभियोजकहरूका अनुसार ब्रेन्डा सेसिलिया अगुएरोले सन् २०२२ मार्च र जुनको बिचमा सूची नियन्त्रण नभएका आपतकालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूमा पोटासियम र इन्सुलिन सुई लगाएकी थिइन् ।

अर्जेन्टिनी कानुनअनुसार अगुएरो ३५ वर्षको सजाय भोग्नुअघि प्यारोलका लागि योग्य हुनेछैनन् । अदालतका क्लर्कले बुधबार स्थानीय मिडियामा प्रसारण गरिएको फुटेजमा सजाय पढेर सुनाएका थिए । सबै स्वस्थ जन्मिएका बच्चाको ब्युनर्स आयर्सबाट ३७० माइल (६ सय किलोमिटर) उत्तरपश्चिममा रहेको कोर्डोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा प्रारम्भिक अस्पष्ट परिस्थितिमा मृत्यु भएको थियो ।

द्रुत चिकित्सा हस्तक्षेपका कारण अन्य आठजना बाँचेका थिए । मुद्दामा पूर्वप्रान्तीय अधिकारी र स्वास्थ्यकर्मीहरूसहित १० अन्य प्रतिवादीविरुद्ध ढाकछोप र कर्तव्यमा लापरबाहीको आरोप लगाइएको थियो । आरोप लागेकाहरूमा कोर्डोबा प्रान्तका पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्यसचिवका साथै अस्पतालका पूर्वनिर्देशक समावेश थिए ।

 सन् २०२२ मा पक्राउ परेकी अगुएरोले आरोपहरू अस्वीकार गरिन् । यसअघि उनले अदालतलाई ‘उनीहरूसँग कुनै प्रमाण छैन’ र मिडियाले उनलाई ‘सिरियल किलर’को रूपमा चित्रण गरेको आरोप लगाएकी थिइन् । अन्य प्रतिवादीमध्ये पाँचजनालाई दोषी ठहर गरियो, तर कम सजाय दिइयो भने पाँच अन्यलाई निर्दोष ठहर गरियो ।