१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ५ बिहीबार १३:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १३:२३:oo

मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता संक्रमण  देखिन थालेको हो।  इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए। उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा संक्रमण  देखिएका छन् । 

  उनका  अनुसार अहिलेसम्म (पुस १७ गते यता) एक सय ६० जनामा कोरोना भाइरसको संक्रमण  देखिएको छ। पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए। सबैभन्दा बढी वागमती प्रदेशमा एक सय २९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा समान तीन/तीन जनामासंक्रमण  देखिएको छ। 

एन्टिजेन पठाइयो 

निर्देशक डा झाले कोरोना भाइरसको सङक्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिए। उनका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६ सय ४० थान एन्टिजेन पाइसकेको छ । उनले संक्रमणको जोखिमलाई ध्यान दिदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको बताए। 

  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका निर्देशक डा युवानिधि बसौलाले फाट्टफुट बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भारतमा संक्रमण  देखिएका कारणले नेपालमा पनि देखिएको बताए।  मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दिर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिम रहेको उल्लेख गरे ।