१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाले भिजिट भिसा प्रकरणमा संसद्को आन्दोलन थप सशक्त बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ। बुधबार बसेको रास्वपा सचिवालय बैठकले ७ गते आन्दोलनकै रूपमा पार्टी स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ।

‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने रास्वपा निर्णय छ। रास्वपा वैकल्पिक राजनीतिक पक्षधरहरूलाई एकताबद्ध गर्नुपर्ने निष्कर्षमा पुगेको छ। बैठकले वैकल्पिक राजनीतिक पक्षधरलाई एकताबद्ध गर्न नेतृत्व लिने निर्णय गर्दै यसका लागि सहकार्य संवाद कार्यदल गठन गरेको छ।

कार्यदलमा रहेका सदस्यको नाम भने खुलाइएको छैन। ‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीतिक पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने,’ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार सार्वजनिक गरेको सचिवालय बैठकको बुधबारको निर्णयमा भनिएको छ।