
प्रतिनिधिसभाको बैठक आज पनि प्रभावित भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन ।
सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । संसद्को अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ ।
भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहेको छ । संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर वेल घेराउ र नाराबाजी गरिरहेको छ ।