
कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत कराँतेको महिला एकल कातामा स्वर्ण जितेकी छिन् । प्रतियोगिताको बुधबार भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुँयाललाई हराउँदै उपाधि जितेकी हुन् ।
एलिनाले ३० हजार र प्रसन्नले १५ हजार रुपैयाँ पाएका छन् । महिला टिम कुमुतेमा सोनाम शेर्पा, समीक्षा ढुंगाना, मोनिका लामा, आयुषा प्रधान र मनीषा लामाको नागर्जुन टोली पहिलो भएको छ । महिला एकलमा पहिलो हुने टोलीले ५० हजार र दोस्रोले २५ हजार रुपैयाँ पाएका छन् ।
यसैगरी, पुरुष फुटसलमा वडा २६ र वडा १३ सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौर खेल मैदानमा वडा २६ ले वडा १२ लाई ९–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो । वडा १३ ले वडा १४ लाई ४–३ गोलले हरायो ।