१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ५ बिहीबार o५:५o:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : आफ्नाले दिने पीडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार o५:५o:oo

एकपटक सुन र फलामको अचानक भेट भयो । भेटपछि दुवैले एक–अर्काको सन्चो–बिसन्चोबारे चासो राखे । दुवै फुर्सदमै भएकाले एकछिन गफिए । 

कुराकानीका क्रममा फलामले सुनसित भन्यो– तिमीलाई त क्या मस्ती छ है ? मान्छेले तिमीलाई शृंगारका साधन बनाएर शिरदेखि पाउसम्म लगाउँछन् । तिम्रो त सान नै छुट्टै छ, हगि ? सुनले जबाफ दियो– तिमी भन्छौ भने त्यही सही ! तर के गर्नु र मित्र, हाम्रो शिरमा जहिल्यै तिमी बर्सिरहन्छौ । हामीलाई ठोकीठोकी तह लगाउँछौ । तिमीलाई हामीले केही नगरे पनि तिमीचाहिँ हामीलाई कम्ता चोट दिन्छौ र ? 

फलामले भन्यो– तिम्रो भनाइ पनि ठिकै हो । तर, तिमीलाई जसले चोट दिन्छन् नि तिनीहरूले हामीलाई पनि कहाँ छोड्छन र ? बरु तिमीलाई त मायाले बिस्तारबिस्तारै ठोक्छन् । तिमीलाई त चोट पनि सानै लाग्दो हो । तर, हामीलाई त कम्ता निर्दयी पाराले ठोक्छन् र ! सुनले जबाफ दियो– हो, त्यो त म पनि बुझ्छु । तर, तिमीले ठोक्दा पीडा त हामीलाई पनि हुन्छ नि ! तर, हामी चुपचाप सहन्छौँ, चिच्याउँदैनौँ । तर, तिमी भने यसो एक चोट पर्न पाएको हुँदैन, मर्नै लागेजसरी चिच्याउँछौ । आखिर किन ? 

फलामले भावुक हुँदै जबाफ दियो– तिमीले भनेको सही हो । तिमी हाम्रो चोट सहन्छौ । तर, हामी आफ्नैले दिएको चोट सहन नसकेर जोडले चिच्याउँछौँ । तिमीले यसको कारणबारे सायद कहिल्यै सोचेका छैनौ । वास्तवमा जुन पीडा अरूले दिन्छन्, त्यसलाई सहन सजिलो हुन्छ । तर, जुन पीडा आफ्नाले दिन्छन्, त्यो असह्य हुन्छ । त्यसैले, हामी आफ्नैले चोट दिँदा सहन नसकेर चिच्याउँछौँ, मित्र !