१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

घेराबन्दीमा परेका बालेनलाई अदालतको आदेशले राहत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:१६:oo

काठमाडौं महानगरपालिकाभित्र घेराबन्दीमा परेर एक्लिएका मेयर बालेन शाहलाई बुधबारको अदालतको आदेशले केही राहत भएको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले निलम्बन गरिदिएकोमा अदालतले त्यसलाई बदर गरिदिएपछि बालेनलाई समेत अब केही सहज हुने भएको छ। 

मेयर बालेनसँग नजिक भएर आफुलाई कार्यालय प्रवेशमा अवरोध गरेको घटनामा गुरागाईले पाण्डेलाई गत २१ जेठमा निलम्बन गरेका थिए।  निलम्बनविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा उच्चका न्यायाधीशहरू ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश दिएको हो। यसले प्रमुख प्रशासकीय अधिृकत गुरागाईलाई भने नैतिक संकट परेको छ । 

काठमाडौं महानगरपालिकामा मेयर बालेन र प्रशासकीय अधिकृत गुरागाईबिच बोलचाल छैन। गुरागाई भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै यसअघि बालेनले उनलाई कार्यालय प्रवेशमा रोकेका थिए। पछि गुरागाई वडाअध्यक्ष तथा कर्मचारीको साथ लिएर  कार्यकक्षमा हाजिर भए। जसमा नगरप्रहरीले भने उनलाई अवरोध गरेको थियो। त्यस विषयमा गुरागाईले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरी छानविनका लागि जाँचबुझ समिति गठन गरेका थिए। जाँचबुझका लागि निलम्बन गर्नुपर्ने अवस्था नदेखिएको भन्दै उच्चले उनको निर्णय कार्यान्वायनमा रोक लगाइदिएको हो। यो आदेशसँगै अब बालेनले आफु निकट नगर प्रहरी प्रमुखको साथ पाउने भएका छन्। 

मेयर बालेनले गुरागाईको स्थानमा अर्का सहसचिव पठाउन संघीय सरकारलाई बारम्बार आग्रह गरेपनि सरकारले मानेको छैन । जसकारण महानगरको नियमित बैठकहरु समेत प्रभावित हुँदै आएका छन्। मेयर र प्रशासकीय अधिकृतबिचको विवादले बजेट समेत प्रभावित हुने अवस्था आएको छ।