१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक किलो बढी सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१२:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छिन्।

एक किलो १५९ ग्राम तौलको अर्धठोस सुनसहित भारतीय नागरिक ५३ वर्षीया मीना सुरजितसिंह खेमानीलाई मंगलबार राति पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।

एयर अरेबियाको उडानद्वारा शारजहाँबाट काठमाडौं आएकी उनलाई प्रहरीले जाँच गर्ने क्रममा प्लास्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुनजस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो।  

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।