१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
२o८२ असार ४ बुधबार o९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको मिर्चैयाबाट ब्राउनसुगरसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार o९:o६:oo

सिराहाको मिर्चैयाबाट प्रहरीले कडा खालको प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित स्थानीय तीनजना युवकलाई पक्राउ गरेको छ । मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट सुरक्षा गस्तीमा खटिएको प्रहरीले मिर्चैया नगरपालिका– ५ को खाली घरबाट स्थानीय तीनजना युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार खाली घरमा लागुऔषध सेवन गरिरहेको अवस्थामा मिर्चैया– ५ का करिब २० वर्षीय राहुलकुमार साह, २१ वर्षीय दिलीपकुमार साह र वडा नं. ६ का करिब २३ वर्षीय विशाल गिरीलाई प्लास्टिकसमेत ५४० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित पक्राउ गरिएको हो । 

लागुऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीलाई देख्नेबित्तिकै फालेपछि आशंका लागेर चेकजाँच गर्दा तीनवटा प्लास्टिकमा पाेको पारिएको खैरो पदार्थ बरामद भएपछि तत्काल तीनजनालाई नै नियन्त्रणमा लिई मंगलबार सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको उनले बताए । उनका अनुसार पक्राउ गरिएकाहरूलाई मिर्चैया प्रहरीको हिरासतमा राखिएको  छ ।