१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format o८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढीमा आज बिहान युवायुवतीको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१८:oo

उदयपुरको चौण्डीगढी नगरपालिका– ४, अमलचौरीमा आज बिहान युवायुवतीको शव फेला परेको छ । आज बिहान किशोरी मन्जु राईको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको अवस्थामा फेला परेको छ भने त्यसको दुई सय मिटर दूरीमा रविन राईको शव झुन्डिएको अवस्थामा फेला परेको घटनास्थलबाट इन्स्पेक्टर बबिन राईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईले भने, ‘अमलचौरीका २८ वर्षीय रविन राई र १४ वर्षीया किशोरी मन्जु राईको शव फेला परेको छ ।’

बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुई सय मिटरनजिक रविनको शव भेटिएको इन्स्पेक्टर राईको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुईजनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनका लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले भने, ‘घटना किन घट्यो ? कसरी घट्यो ? कारण पत्ता लगाउन अनुसन्धान सुरु भएको छ ।’