१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँचपोखरी र मेलम्ची संयुक्त च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषणा गरिएको हो।

टस हारेर ब्याटिङ गरेको पाँचपोखरीले १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको अवस्थामा खेल रोकिएको थियो। खेल रोकिनुअघि पाँचपोखरीका कप्तान सार्थक धितालले ५२ बलमा सात चौकासहित ६१ रन बनाएका थिए। बुद्धि तामाङ ४४ बलमा दुई चौकासहित ३३ रन बनाएर खेलिरहेका थिए। यसैगरी, रोशन विक २४ रन बनाएर आउट भए। मेलम्चीका लागि कप्तान रिन्जिङ लामाले एक विकेट लिए।

संयुक्त रूपमा विजेता घोषित भएपछि दुवै टोलीले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगिताको विजेता र उपविजेताले पाउने १ लाख र ५० हजार रुपैयाँ जोडेर दुवै टोलीलाई बराबर बाँडिएको हो।

यसअघि वर्षाका कारण पहिलो सेमिफाइनल रद्द भएपछि पाँचपोखरी समूह विजेताको हैसियतले फाइनल प्रवेश गरेको थियो। यसैगरी, दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोक क्लबविरुद्ध सुपर ओभरमा जित निकालेको थियो।  

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए।

सिन्धुपाल्चोक जिल्ला संघले नेपाल क्रिकेट संघ (क्यान)बाट आधिकारिक मान्यता नपाए पनि विगत सात वर्षदेखि जिल्लास्तरीय क्रिकेट लिग गर्दै आइरहेको छ। संघले ओ लेभल कोचिङ कोर्ष सञ्ञ्चालन गर्नुका साथै जिल्लाका उत्कृष्ट खेलाडीलाई प्रशिक्षणको पनि व्यवस्था गर्दै आएको छ।